Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

संसद बैठकमा मन्त्रीहरूको उपस्थिति सुनिश्चित गर्न सरकारलाई कांग्रेसको आग्रह

दोभानचौर खबर by दोभानचौर खबर
February 2, 2024
in राजनीति, समाचार
0
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील
6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशको परिणाम अनपेक्षित रहेको ठहर गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले गठबन्धनको साझा उम्मेदवारमध्ये एकजना पराजित भएको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको हो ।

साथै बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनले वर्तमान सत्ता गठबन्धनलाई थप सवल बनाएको समेत ठहर गरेको छ । यही माघ ११ गते सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका तर्फबाट प्रस्तुत १९ जना साझा उम्मेदवारमध्ये १८ जना विजयी भएका थिए । निर्वाचनमा कांग्रेसका १० जना उम्मेदवार विजयी भएका थिए ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले कांग्रेसका सम्पूर्ण सांसदहरूलाई संसद् र समितिका सम्पूर्ण गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशील रहन, राष्ट्र र जनताका हितमा तत्परतापूर्वक काम गर्न निर्देशन गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा संविधानको व्यवस्थाबमोजिम धेरै कानुन निर्माण गर्न बाँकी रहेको सम्बन्धमा छलफल भएको जानकारी दिए । बैठकले संविधानको कार्यान्वयनका लागि आवश्यक विधेयक तत्काल संसदमा प्रस्तुत गर्न साथै संसदमा विचाराधीन विधेयकहरू आउँदो अधिवेशनमा पारित गर्नका लागि आवश्यक भूमिका निर्वाह गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले चालु आर्थिक वर्षको बजेटमा उल्लेखित विकास आयोजनाहरू तत्काल कार्यान्वयन गर्न र बजेट कम भएका कारण सम्पन्न हुन नसक्ने योजनामा बजेटको थप व्यवस्था गरी योजना सम्पन्न गर्न सरकारलाई आग्रह गरेको छ ।

कांग्रेसले संसदको आगामी अधिवेशनमा संसदमा विचाराधीन र अब प्रस्तुत हुने विधेयक पारित गर्न संसदीय गतिविधिहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन संसद्भित्र रहेका सबै राजनीतिक दललाई अपिल गर्ने निर्णय गरेको प्रमुख सचेतक लेखकले बताए ।

यसैगरी संसद र समितिका बैठकहरूमा सम्बन्धित मन्त्रीहरूको उपस्थिति अनिवार्य हुनुपर्ने र बैठकमा उठेका विषयलाई सरकारले गम्भीरतापूर्वक लिई संसद्प्रति सरकार उत्तरदायी हुनुपर्ने भएको हुँदा मन्त्रीहरूको उपस्थिति सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ ।

सङ्घीय संसद्को अधिवेशन चालु रहेको समयमा कांग्रेस संसदीय दलका सदस्यलाई राजधानी बाहिर नजान आग्रह गरेको छ । यस्तै अत्यावश्यक कामले राजधानी बाहिर जानुपरेमा कारणसहित उल्लेख गरी संसदीय दलको प्रमुख सचेतक वा सचेतकसँग लिखित स्वीकृत लिनुपर्ने बैठकको निर्देशन छ ।

बैठकले संसदीय दलको विधानको धारा १७ (३) बमोजिम काम गर्न १० विभिन्न समितिका संयोजक चयन गरेको छ । जसअनुसार अर्थ समितिमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोइराला पौड्याल, कानुन न्याय तथा मानवअधिकार समितिमा नागिना यादवलाई चयन गरिएको उनले जानकारी दिए ।

त्यस्तै कृषि, सहकारी तथा प्राकृति स्रोत समितिमा कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा विक, राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लीलादेवी बोखिम (लिम्बू र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई चयन गरिएको छ ।

साथै बैठकले कांग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्न निर्वाचन समिति गठन गर्नका लागि पार्टी केन्द्रीय कार्यसमितिलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।

Previous Post

व्यवसायी चौधरी र थापा पक्राउ,बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप

Next Post

रामेछापको खिम्तीमा भिरबाट लडेर पुर्ण बहादुर बरुवालको मृत्यु

RelatedPosts

अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी
समाचार

देशमा आठ महिनालाई पुग्ने चिनी मौज्दात रहेको सरकारको दाबी

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

May 11, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
राजनीति

राष्ट्रपति पौडेलको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

May 11, 2026
Next Post
रामेछापको खिम्तीमा भिरबाट लडेर पुर्ण बहादुर बरुवालको मृत्यु

रामेछापको खिम्तीमा भिरबाट लडेर पुर्ण बहादुर बरुवालको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार