Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

जिल्ला अस्पताल रामेछापको शैया बिरामीले भरिभराउ

दोभानचौर खबर by दोभानचौर खबर
February 12, 2024
in समाचार
0
जिल्ला अस्पताल रामेछापको शैया बिरामीले भरिभराउ
12
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter


रामेछापः केही दिनदेखि जिल्ला अस्पताल रामेछापको बेड बिरामीले भरिभराउ भएका छन् । ४ दिनदेखि अस्पतालमा बेड भर्ना हुने बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर केशव श्रेष्ठले बताउनुभयो । उहाँले भन्नु भयो“१५ शैयाको अस्पतालको सबै शैयाहरु बिरामीले भरिएको छ”, । बिरामीहरू थप हुन सक्ने भएकाले केही शैया थप गरेर व्यवस्थापन मिलाइएको डा श्रेष्ठले बताउनुभयो । अहिले अस्पतालमा ज्वरो,निमोनिया र दमका बिरामीहरू धेरै बढेको उहाँले बताउनुभयो । ओपिडीमा पनि दैनिक एक सयको हाराहारीमा बिरामीहरू उपचारको लागी आउने गरेका छन् ।
सरकारी स्वास्थ्य संस्थाको गुणस्तर गतिलो नहुने भन्दै उपचार र स्वास्थ्य परीक्षणका लागि निजी अस्पताल र क्लिनिकमा जाने क्रम बढ्दो छ तर जिल्ला अस्पताल रामेछापले पछिल्लो समय बिरामीको मन जित्ने गरी काम गर्न थालेको हो । अस्पतालले सेवाहरू थप गरेसँग बिरामी भएर काठमाडौँ जानुपर्ने बाध्यता हटेको रामेछाप नगरपालिका ७ का शिव बस्नेतले बताउनुभयो । “हामी सामान्य बिरामी हुँदा पनि राजधानीको अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो । अहिले सबै सेवा यही उपलब्ध छ,सहज रूपमा जिल्लाकै अस्पतालमा सेवा पाउँदा खुसी लागेको छ,”उनले भने । रामेछाप नगरपालिका ८ की शान्ति तामाङले बच्चालाई निमोनिया भएर अस्पताल भर्ना गरेकी छन् । ४ दिनदेखि आफ्नो बच्चालाई अस्पताल भर्ना गरिएको बताउँदै उनले अस्पतालका चिकित्सकहरूको राम्रो व्यवहार र गुणस्तरीय सेवाले नै अस्पताल प्रति विश्वास बढ्दै गएको बताइन् ।
पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवा पाउन थाले पछि जिल्ला अस्पताल रामेछापमा सेवाग्राही बढ्न थालेका छन् । भौतिक संरचना र उपकरणका साथमा विभिन्न विशेषज्ञ सेवा पनि थप भएसँगै अस्पतालको सेवा राम्रो भइरहेको रामेछाप नगरपालिका ७ का विष्णु महताराले बताए । उनका अनुसार अस्पतालप्रति नागरिकहरूको विश्वास बढ्दै गएको छ ।
अस्पतालमा आकस्मिक प्रसूतिजन्य शल्यक्रिया सेवा सुरु भएदेखि प्रसूति सेवा लिनेको संख्या समेत बढेको छ । ३ वर्ष अघिको तुलनामा अहिले प्रसूति सेवा लिनेको संख्या दोब्बरले बढेको अस्पतालका प्रसूति रोग विशेषज्ञ डाक्टर मनोज यादवले बताए । उनले भने,“१ सय भन्दा बढी महिलाहरूको शल्यक्रिया मार्फत बच्चा जन्माइएको छ । सबै शल्यक्रियाहरू सफल भएका छन् । शल्यक्रिया गरिएका सबै आमा र बच्चाको अवस्था राम्रो छ । यो हाम्रो ठुलो सफलता हो ।”जिल्ला अस्पताल रामेछापमा अहिले आइसियु,भेन्टिलेटर,कल्चर सेवा,जनरल ओपिडीका साथै प्रसूति शल्यक्रिया, अक्सिजनसहितको स्वास्थ्य सेवा, डाइलसिसका साथै हर्नियाँ, हाइड्रोसिल, दाँत र आँखाको उपचार सेवा, लगायतका स्वास्थ्य सेवा उपलब्ध छन् । अस्पतालले जनरल शैया समेत निःशुल्क गरेको छ । अहिले १५ शैयाको रहेको यो अस्पताललाई बाग्मती प्रदेश सरकारले ५० शैयाको बनाउने निर्णय समेत गरेको छ । अस्पताल ५० शैयाको हुने बित्तिकै अस्पतालले अन्य सेवाहरू थप गर्ने जनाएको छ ।

Previous Post

नेपाल युवा परिषद्ले जुराएको चितवन: स्मृति पराजुली

Next Post

क्यानडासँगको शृङ्खलामा नेपालको क्लिन स्वीप

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
क्यानडासँगको शृङ्खलामा नेपालको क्लिन स्वीप

क्यानडासँगको शृङ्खलामा नेपालको क्लिन स्वीप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार