Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सुनकोशी गाउँपालिकाद्वारा छात्रवृत्ति वितरण तथा विद्यार्थीसँग जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रम सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
May 31, 2025
in दाेभानचाैर आज, बाग्मती प्रदेश, समाचार
0
सुनकोशी गाउँपालिकाद्वारा छात्रवृत्ति वितरण तथा  विद्यार्थीसँग जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रम सम्पन्न
26
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली : सुनकोशी गाउँपालिकाको आयोजनामा आयोजित विद्यार्थीसँग–जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रम, छात्रवृत्ति वितरण तथा नीति तथा कार्यक्रमका लागि सुझाव संकलन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

कार्यक्रम सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षता र संघीय सांसद माननीय लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  अर्जुन दर्जी, उपाध्यक्ष  कपिल कुमार कोइराला, सातै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरू, १० वटा विद्यालयका प्रधानाध्यापकहरू, साथै विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा संचारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

गाउँपालिकाको नेतृत्वमा सञ्चालित उक्त कार्यक्रममा एमबीबीएस अध्ययनरत तिनजना विद्यार्थीहरू प्रकाण्ड सुशन तोलंगे, रमेश श्रेष्ठ, युनिश प्रधानलाई प्रति विद्यार्थी रु २,००,००० को दरले छात्रवृत्ति वितरण गरिएको छ। त्यस्तै, एसईईमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी सनिष श्रेष्ठ र प्राविधिक धारमा अध्ययनरत ४६ जना गरी जम्मा ५० जना विद्यार्थीहरूलाई छात्रवृत्तिको सम्मान प्रदान गरिएको हो।

उक्त कार्यक्रममा झण्डै २०० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरूले जनप्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना प्रश्न, जिज्ञासा तथा गुनासाहरू राखेका थिए। सो प्रश्नहरूको जवाफ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, विद्यालयका प्रधानाध्यापकहरू र प्रतिनिधिसभा सदस्य माननीय राजन दाहाल ज्यूले प्रदान गर्नुभएको थियो।

यस कार्यक्रममार्फत विद्यार्थीहरूको आवाज सुन्ने, उनीहरूको समस्या बुझ्ने र आगामी नीति तथा कार्यक्रम तर्जुमा गर्ने उद्देश्य राखिएको छ।

सुनकोशी गाउँपालिकाले भविष्यमा पनि यस्ता सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Previous Post

शिवपुरी गाउँपालिका महिला संघले नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न

Next Post

२०७७ यताका गृहमन्त्रीहरू र तीर्थ भट्टराईको पदस्थापन यात्रा : हल्ला र यथार्थ

RelatedPosts

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर
दाेभानचाैर आज

रामेछापमा कानुनी राज्यको अनुभूति गराउँछु’ : प्रमुख जिल्ला अधिकारी कुँवर

June 26, 2026
खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात
दाेभानचाैर आज

खाँडादेवी पर्यटन व्यवसायिक सहकारीका कर्मचारीद्वारा गाउँपालिकाका कर्मचारीमाथि हातपात

June 26, 2026
वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

वडा अध्यक्षलाई बन्धक बनाउने स्वेतगंगा हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 26, 2026
जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
Next Post
२०७७ यताका गृहमन्त्रीहरू र तीर्थ भट्टराईको पदस्थापन यात्रा : हल्ला र यथार्थ

२०७७ यताका गृहमन्त्रीहरू र तीर्थ भट्टराईको पदस्थापन यात्रा : हल्ला र यथार्थ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार