Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सुनापति गाउँपालिकाले सार्वजनिक गर्‍यो आगामी वर्षको नीति तथा कार्यक्रम

कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता, ‘एक घर, एक बगैँचा’ योजना कार्यान्वयनमा

दोभानचौर खबर by दोभानचौर खबर
June 22, 2025
in दाेभानचाैर आज, समाचार, समाज
0
सुनापति गाउँपालिकाले सार्वजनिक गर्‍यो आगामी वर्षको नीति तथा कार्यक्रम
16
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप, असार ७ :  सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको १८औँ गाउँसभा शनिबार हिलेदेवीस्थित सभा हलमा बसेको थियो, जसमा अध्यक्ष ठुलो कान्छा तामाङले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

कार्यक्रममा उपाध्यक्ष गीता विष्ट (चौलागाई), प्रमुख प्रशासकीय अधिकृत सुरेश श्रेष्ठ, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सरोकारवालाको उपस्थिति रहेको थियो।

‘समृद्ध, उद्यमी, सुखी सुनापति – कृषि, पर्यटन र शिक्षा हाम्रो सम्पत्ति’ भन्ने मूल नारासहित सार्वजनिक गरिएको नीतिले कृषि, पर्यटन, रोजगारी, सामाजिक न्याय र सेवा प्रवाहलाई प्राथमिकता दिएको छ।

गाउँपालिकाले बाँझो जमिनलाई उत्पादनशील बनाउने लक्ष्यसहित १०० देखि ५०० रोपनीसम्मको जग्गामा व्यावसायिक खेती गर्ने समूहलाई अनुदान दिने नीति ल्याएको छ। साथै, ‘एक घर, एक बगैँचा’ कार्यक्रममार्फत फलफूल, तरकारी, नगदेबाली र बुद्ध चित्त माला उत्पादनमा समेत स्थानीयलाई प्रोत्साहन गरिनेछ।

साना तथा घरेलु उद्योग प्रवर्द्धनको उद्देश्यले थाङ्का, गलैंचा, पेन्टिङ, चिया प्रशोधन जस्ता व्यवसायिक सीपका क्षेत्रमा आधारित ‘सिप मेला’ आयोजना गरिने योजना पनि सार्वजनिक गरिएको छ। यसबाट युवाहरूलाई रोजगारी तथा उद्यमशीलता विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले वडा स्तरमै राष्ट्रिय परिचयपत्र वितरण गर्ने, त्रैमासिक आय–व्यय विवरण सार्वजनिक गर्ने तथा शहीद, बेपत्ता परिवार र घाइतेलाई सूचीकृत गरी सम्मान गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।

‘बेरुजुमा जिरो, लिजामा हिरो’ नारालाई निरन्तरता दिँदै यस वर्ष शून्य बेरुजु लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ।

यद्यपि अधिकांश कार्यक्रमहरू विगतका वर्षहरूमै आधारित रहेका कारण केही स्थानीयबासीले ‘नयाँपनको कमी रहेको’ प्रतिक्रिया दिएका छन्।

गाउँसभामा दुईवटा संशोधन प्रस्ताव पनि दर्ता गरिएका छन्, जसबारे छलफल गरी असार १० गते बजेटसहित पारित गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ।

Previous Post

काठमाडौँमा चिसापानी जनकल्याण समाजद्वारा SEE दिएर बसेका विद्यार्थीका लागि करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न”

Next Post

झापामा जङ्गली हात्तीद्वारा तीन घरमा क्षति

RelatedPosts

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
Next Post
झापामा जङ्गली हात्तीद्वारा तीन घरमा क्षति

झापामा जङ्गली हात्तीद्वारा तीन घरमा क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार