Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

संसद् भवन पुसभित्रै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन,अनियमितता फेला परे तुरुन्तै कारबाही हुने

दोभानचौर खबर by दोभानचौर खबर
September 19, 2025
in समाचार
0
संसद् भवन पुसभित्रै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन,अनियमितता फेला परे तुरुन्तै कारबाही हुने
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ:  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन आगामी पुसभित्रै पूरा गर्नुपर्ने बताएका छन्।

आज उनले सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालयका अधिकारी, परामर्शदाता र निर्माण व्यवसायीसँग भवन निर्माणको प्रगति सम्बन्धमा छलफल गर्दै पुसमै निर्माणसम्पन्न हुने गरी काम अगाडि बढाउन निर्देशन दिएका हुन्।

मन्त्री घिसिङले भने, “जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवनमा ठूलो क्षति पुर्याइएपछि हाल संसद् भवन नै छैन। यस अवस्थामा अब कुनै बहाना स्वीकार्य छैन। सबै पक्षले गम्भीर भएर समयमै कार्यसम्पन्न गर्नुपर्छ।”

संसद् भवन विसं २०७६ असोजमा ठेक्का सम्झौताअन्तर्गत तीन वर्षभित्र निर्माणसम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भएको थियो। हालसम्म पाँचपल्ट म्याद थप भए पनि ठेक्का सम्झौताको अन्तिम म्याद आगामी पुसमा सकिँदैछ। भवनको भौतिक प्रगति हाल ८६ प्रतिशत पुगेको छ।

निर्माण कार्य अन्तर्गत राष्ट्रिय र प्रतिनिधिसभा हलमा ‘फल्स सिलिङ’का लागि थप ट्रस, पहिलो तलामा रहेको ‘मल्टिपरपज’ हलमा ‘फल्स सिलिङ’का लागि थप ट्रस, इलेक्ट्रिकल काम अन्तर्गत मुख्य ‘एलटी प्यानल’, सहायक ‘एलटी प्यानल’ र फायर फाइटिङ प्रणाली जस्ता काम बाँकी रहेका छन्।

अनियमितता रोकथाम र कारबाही

मन्त्री घिसिङले आफ्नो कार्यलयअन्तर्गत हुने अनियमितता तुरुन्तै रोक्न निर्देशन दिएका छन्। उनले चेतावनी दिएका छन् कि अनियमितता फेला परेमा संलग्नलाई तुरुन्तै कारबाही गरिनेछ।

उनले भने, “विगतमा बजेटको दुरुपयोग र भ्रष्टाचारको आरोप सुनिन्थ्यो। जेनजी आन्दोलनको मुख्य एजेन्डा नै भ्रष्टाचार नियन्त्रण थियो। अनियमिता रोक्न नसकिने हो भने ठूलो निराशा उत्पन्न हुन्छ। एक रुपैयाँ पनि अनियमित रूपमा प्रयोग भएमा संलग्नलाई छाडिने छैन। साथै, सेवा प्रवाहमा सुधार गर्नुहोस्।”

Previous Post

सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइयो

Next Post

काठमाडौंमा बालिका बलात्कार आरोपमा रामेछापका २१ वर्षीय तामाङ पक्राउ

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
वीरेन्द्रनगरको रेष्टुरेन्टबाट लागू औषध कारोबार भई रहेको अबस्थामा चार जना पक्राउ

काठमाडौंमा बालिका बलात्कार आरोपमा रामेछापका २१ वर्षीय तामाङ पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार