काठमाडौं । बौद्ध धर्मावलम्बीहरुले नयाँ वर्ष हर्षोलासका साथ मनाउँदै छन् । पुरानो सांस्कृतिक परम्पराको अनुसार आज बेलुका देखि गोरु वर्ष अन्त भई बाघ वर्ष सुरु भई ल्होसार सुरु भएको छ । यस खुशियालीमा बूढापाका देखी केटाकेटी समेत नयाँ लुगा लगाउने र मिठो खानपिन गर्ने गर्छन् ।
यस वर्षमा सिमिकोट गाउँपालिकाअन्तर्गत बुराउँसे, लाङदुक, तोर्पा लिमाटाङ बरगाउँ दोजाम र नाम्खाको हेप्का ताङ्गिना धिंगा खगालगाउँ केर्मी याल्वाङ्ग मुचु यारी लिमीसमेत गाउँघरमा ४० दिनसम्म ल्होसारको खानपिन आफ्नै परम्परागत नाच स्याब्रो गान गरी बाघ वर्षलाई स्वागत गर्ने कुरा पूर्वअध्यक्ष पामा लामाले जानकारी दिनुभयो ।