काठमाडौं । निर्वाचन आयोगले विद्युतीय मेसिनको प्रयोग गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गर्ने भएको छ । बुधबार दिउँसो १ बजे आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिन मार्फत् भोटिङ गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गर्न लागेको हाे ।
प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार परामर्श लिन आयोगले सरकारका आइटी विज्ञहरूलाई बोलाएर छलफल गर्न लागेको र यो सामान्य छलफल मात्रै भएकाे बताएका छन् ।
निर्वाचन आयोगले विद्युतीय मेसिनबाट चुनाव गराउन लागेको भने होइन, गराउन सकिने नसकिने बारे छलफल मात्र गरिएकाे बताइएकाे छ । प्रवक्ता पाैडेलले नेपाल सरकारका विभिन्न क्षेत्रमा आइटीसँग सम्बन्धित विज्ञहरूसँग बसेर के गर्न सकिन्छ, सम्भावना छ कि छैन भनेर छलफल गर्न लागेको बताएका हुन् ।
अहिले ठूलो क्षेत्रमा नभए पनि सानो क्षेत्रमा मात्रै भए पनि गर्न सक्ने सम्भावनाका बारेमा छलफल गर्न लागीएको हो ।
सरकारले स्थानीय तहको चुनाव वैशाख ३० गते गर्ने निर्णय गरेको छ।