सुर्खेत । प्रहरीको कुटाईबाट कालिकोटका एक युवकको मृत्यु भएको छ । नेपालगंजबाट सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका मिनि हमालको प्रहरीको कुटाईबाट मृत्यु भएको हो ।
शुक्रबार राती नेपालगंजबाट भे १ क ९२२ नम्बरको गाडीमा हमाल सुर्खेत आउदै थिए । सुर्खेत प्रवेश गर्दा सुब्बाकुनामा रहेको चेक पोईन्टमा ड्युटीमा रहेका प्रहरीले निर्घात कुटपिट गम्भिर उनलाई घाईते बनाएको आरोप आफन्तले लगाएका छन् ।
एक आफन्तका अनुसार प्रहरीको कुटाइबाट उनको तल्लो पेट र अण्डकोषमा चोट लागेको थियो भने गाडीका स्टाफ माथि पनि दुई जना प्रहरीले कुटपिट भएको थियो । हमालालई उपचारको लागि आज विहान सुर्खेत अस्पताल लगिएको तर उनको मृत्यु पहिले नै भइसकेको अस्पतालको विज्ञप्तीमा उल्लेख छ ।
सुर्खेत प्रहरीका प्रवक्ता रामप्रसाद घर्तीका अनुसार सुव्वाकुना चेकपोईन्टमा ड्युटीमा रहेका प्रहरीको कुटईबाट मृत्यु भएको भन्ने खवर आएको र यस विषमा विस्तृतमा बुझ्दै गरेको बताएका छन् । अहिले ठूला संख्यामा आफन्तहरु सुर्खेत हस्पिटलमा जम्मा भएका छन् ।
अहिले हुनसक्ने सम्भावित आन्दोलनलाई ध्यानमा राखेर ठुलो मात्रामा प्रहरी परिचालन गरिएको जनाईएको छ । प्रहरी द्वारा कुटपिट गरीएका भनिएका दुई गाडीका स्टाफलाई प्रहरीले नियन्त्रयामा लिएर घटनाका बारेमा जानकारी लिईरहेको छ ।
यस विषयमा जिल्ला प्रशासन कार्यालयले अपिल