काठमाडौं । स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आज २५ चैत देखि लागू भएको जनाएको हो ।
आचारसंहिताका अनुसार अब कसैले पनि कसैको पक्ष वा विपक्षमा सञ्चार माध्यममा प्रचार वा प्रचार गर्न पाईने छैन । त्यस्तै यस्ता सामग्री सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न पनि पाइने छैन ।
कसैको पक्ष विपक्षमा सामग्री प्रसाण वा पोष्ट गर्नन नपाए पनि दल वा उम्मेदवारले आधिकारिक पेजमा भने प्रचार गर्न पाउने आयोगले जनाएको छ । आयोगले आजको मितिबाट झोला, टिसर्ट, क्याज जस्ता सामाग्री छाप्न र वितरण गर्न पनि रोक लगाइएको जनाएको छ ।