काठमाडौं । मेयर पदको उम्मेदवारका लागि काठमाडौं महानगरपालिकाको नेकपा एमाले भित्र पांच जनाले आकांक्षा राखेका छन् । सहमति जुट्न नसकेपछि काठमाडौं महानगर कमिटीले केशव स्थापित, पूर्वमन्त्री रामवीर मानन्धर, विद्यासुन्दर शाक्य, निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिस गरेको छ ।
शाक्य २०७४ को चुनावबाट अर्थात हालका मेयर हुन् भने स्थापित २०५४ का मेयर र हाल एमाले केन्द्रीय सदस्य हुन् । देउला महानगर कमिटी अध्यक्ष हुन् भने पन्त सहकारी विभाग सदस्य छिन् ।
महानगर कमिटीले सिफारिस गरेको आकांक्षी सूची माथि जिल्ला कमिटीले पनि छलफल गर्नेछ । एक नेताका अनुसार जिल्ला कमिटीमा पनि दुई तीन दिन सहमतिको प्रयत्न हुने र सहमति जुट्न नसकेमा प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।
एमालेले उपमहानगर र महानगरको पदाधिकारी केन्द्रीय कमिटीले टुंगो लगाउने मापदण्ड बनाएको छ । मापदण्ड अनुसार, काठमाडौं जिल्ला कमिटीले आकांक्षीहरुको नाम केन्द्रीय कमिटीमा पठाउनेछ ।