कल्पिएका सपनाहरू खरानी भए
मनका कथा र ब्यथाहरू सिरानी भए
मनोभावना कोर्दै थिएँ आफ्नै धुनमा
रङ्गमञ्चमा तिनै शब्द कहानी भए
सायद म पनि बाँच्न सक्थे होला
मनको घाऊ निको हुने पानी भए
कयौँ मनमा म पनि रोजाइमा पर्थे होला
तन मन दुवै किन्न सक्ने आम्दानी भए
मेरो पनि सुन्दर संसार बन्थ्यो होला
आज धेरै थोरै आफ्नै लगानी भए आस्था निरौला