सोमबारका लागि तोकिएको संघीय संसद राष्ट्रिय सभाको बैठक सरेको छ ।
राष्ट्रिय सभाको सचिवालयले आइतबार सूचना जारी गरी सोमबार फागुन २९ गते सोमबार अपराह्न १ बजेका लागि तय गरिएको बैठक आगामी चैत ८ गते बुधबार अपराह्न १ बजेका लागि तोकको छ ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपदफा (३) बमोजिम सभाका अध्यक्षले कार्य व्यवस्था परामर्श समितिको परामर्शमा चैत २८ गते बस्ने गरी निर्धारण गरेको सूचनामा उल्लेख छ ।