गोलन्जोर गाउँपालिका वडा नं. ५ की १८ बर्षीय सुश्रीता श्रेष्ठ एक दिनको लागि गोलन्जोर गाउँपालिकाको अध्यक्ष बनेकी छिन । गल्स टेक ओभर’ अभियान अन्तर्गत बिहीबार उहाँ सिन्धुलीको गोलन्जोर गाउँपालिकाको अध्यक्ष बनेकी हुन्।
एक दिनको लागि अध्यक्षको भूमिकामा निर्वाह गरेकी सुश्रीताले पद ग्रहण गरेसँगै बालबालिकाले भोग्नुपर्ने समस्या र बाल बिवाहा न्यूनीकरण गर्ने सम्बन्धि बिषयमा छलफल गरेकी छिन।एक दिनका लागि आफू सिन्धुली गोलन्जोर गाउँपालिकाको अध्यक्ष बनेकोमा धेरै खुसी लागेको बताइन्।
एक दिनको लागि आफ्नो पद हस्तान्तरण गर्नु भएकोमा सिन्धुली गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर राज बराललाई धन्यवाद दिदै बालबालिकाको बिषयमा काम गर्न अनुरोध गरेकी छन। बाल अधिकार त्यसमा पनि विशेषतः बालिकाहरूलाई केन्द्रमा राखी कार्यरत संस्था प्लान इन्टरनेशनलले ‘गर्ल्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम आयोजना गर्दै आएको छ । यो किशोरी सशक्तीकरणको एक नियमित अभियान हो ।
गल्र्स टेक ओभर बालिका अधिकारका लागि क्रियाशील संस्थाहरू, हामी दाजुभाइ, प्लान इन्टरनेशनल नेपाल, जनजाति समाज विकास कार्यक्रम (JSDP) सिन्धुली, हेड्स नेपाल सिन्धुली, सिड्स नेपाल सिन्धुलीको साझा अभियान हो । गर्ल्स टेक ओवर अभियानले बालिका तथा किशोरीलाई नेतृत्वदायी भूमिका अनुसरण गर्न भित्री प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।