शर्मिला बिसुन्के,रामेछाप।
नेपाल पब्लिक क्याम्पस संघ रामेछापको अध्यक्षमा डा भरतकुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । शनिबार मन्थलीमा भएको प्रथम जिल्ला अधिवेशनले डा.भरतकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । जिल्ला अधिबेशनले मन्थली सहिद स्मृति वहुमुखी क्याम्पसका प्रमुख डा. श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
नव गठित समितिमा रहनेहरु उपाध्यक्ष, सचिव , सहसचिब, कोषाध्यक्ष मा क्रमश मेघ प्रसाद भट्टराई, दिवाकर खड्का, लक्ष्मी श्रेष्ठ, राजेन्द्र घिमिरे रहनु भएको छ भने सदस्यहरुमा जगदिश बस्नेत, फुलकुमारी गिरी, लक्ष्मीलाल श्रेष्ठ, कृष्णप्रसाद घिमिरे र पुर्णचन्द्र पौडेल लगायत रहनुभएको छ । रामेछाप जिल्लामा हाल ९ वटा पब्लिक क्याम्पसहरु सञ्चालनमा रहेका छन् ।
नेपाल पब्लिक क्याम्पस संघको प्रतिबद्धता, उच्च शिक्षामा पहुच र गुणात्मकता भन्ने मूल नाराका साथ सुरु भएको अधिबेशनको उद्घाटन संघीय माननीय सांसद पुर्ण बहादुर तामाङ (कान्छाराम) ले एक समारोहका बीच गर्नु भएको थियो ।
नेपाल पब्लिक क्याम्पस संघ वागमती प्रदेश समितिका सहसचिव एवं अधिवेशन संयोजक सन्देश घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त अधिबेशनमा प्रमुख अतिथि तामाङले गुणस्तरीय शिक्षा नै आजको आबश्यकता भएको बताउनुभयो । उहाँले जिल्लामा रहेका क्याम्पसहरुमा गुणस्तरीय पठन पाठनका लागि आफूले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रमका अवसरमा प्रदेश सांसद तारानारायण श्रेष्ठ, रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपाने, लिखु तामाकोशी गाँउपालिकाका अध्यक्ष केशब महत, नेपाल पब्लिक क्याम्पस संघ वागमती प्रदेशका अध्यक्ष शैलेन्द्र कुईकेल, सिद्धेश्वर शिक्षा पब्लिक क्याम्पसका प्रमुख ज्ञानबहादुर खत्री, पत्रकार महासंघ रामेछापका अध्यक्ष वद्रि नयाघरे लगायतले आ आफ्नो मन्तब्य राख्नुभएको थियो ।