Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

आज विश्व रेडियो दिवस मनाइदै

दोभानचौर खबर by दोभानचौर खबर
February 13, 2024
in समाचार
0
आज विश्व रेडियो दिवस मनाइदै
6
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौ। आज विश्व रेडियो दिवसः नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो । यसवर्षको नारा ‘रेडियोको एक शताब्दी, जानकारी, मनोरञ्जन र शिक्षा’ रहेको छ । सन् १८९४ मा इटालीका वैज्ञानिक जी मार्कोनीले रेडियोको आविष्कार गरेपछि आजसम्म रेडियो र यसका संरचनाहरूले धेरै प्रविधिमय आयाममा परिवर्तन ल्याइसकेको छ । नेपालमा २००३ सालमा काठमाण्डौमा रेडियो नेपालको प्रसारण शुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मङ्सिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन शुरु भएको हो । एफएम प्रसारण भने २०५२ सालदेखि शुरु भएको हो । देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । रेडियोलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ । बढ्दो प्रविधिसँगै सञ्चार क्षेत्रमा अन्य धेरै विकल्पहरु थपिएका छन् । तर रेडियोको महत्व र योगदान अझै पनि सान्दर्भिक नै छ । चेतना प्रवाह, हरेक राजनीतिक परिवर्तन, विकास निर्माण, शिक्षा, स्वास्थ्यसँगै भूकम्पजस्ता विपद्मा रेडियोको भूमिकालाई महत्वपूर्ण मानिन्छ । तर पछिल्लो पटक रेडियोका लागि पनि आर्थिक सङ्कट चुनौतीपूर्ण बनेको छ । त्यसै कारण कतिपय रेडियो बन्द भएका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेका छन् । मुख्यगरी पछिल्लो पटक विश्वव्यापी रुपमा देखिएको कोरोना महामारी र त्यसपछि अर्थतन्त्र आएको शिथिलताको प्रभाव रेडियोमा पनि परेको हो । अहिले धेरैजसो रेडियो सञ्चालक र रेडियोकर्मीको ध्यान आर्थिक सङ्कटबाट रेडियोलाई कसरी बचाउने भन्नेमा केन्द्रित छ । राजनीतिक परिवर्तनसँगै सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको रेडियोको योगदानलाई सरकारले बेवास्ता गर्ने गरेको गुनासो छ ।

Previous Post

क्यानडासँगको शृङ्खलामा नेपालको क्लिन स्वीप

Next Post

एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१४ रनले हरायो

RelatedPosts

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

May 1, 2026
खाना पकाउने ग्यासको मूल्य बढ्यो
समाचार

खाना पकाउने ग्यासको मूल्य बढ्यो

May 1, 2026
१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु
समाचार

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

April 29, 2026
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
समाचार

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढ्यो

April 29, 2026
कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बीपी राजमार्गको काभ्रेभञ्ज्याङ–भकुन्डेबेशी खण्ड अब २४ घण्टा सञ्चालन
समाचार

बीपी राजमार्ग अझै अवरुद्ध; डाइभर्सन बग्दा यातायात ठप्प,वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

April 26, 2026
Next Post
एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१४ रनले हरायो

एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१४ रनले हरायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार