रामेछाप मन्थली ।
मन्थली नगरपालिका ५ सुनारपानीमा बिद्यार्थीको संख्या बढ्दो क्रममा छ। सामुदायिक बिधालय भए पनि बिद्यार्थीको संख्या बढ्नुमा पढाइको गुणस्तर बढेको स्थानीय बताउछन् ।
दोभानचौर खबर डटकमको टिम बिधालय पुगेर रिपोर्टिङ गर्दा बिद्यार्थी संख्या २४१ रहेको छ। कक्षा १० मात्र २६ जना रहेको र २६ नै उपस्थिति थिए। पछिल्लो चरण सामुदायिक बिधालयमा बिद्यार्थी र अभिभावकको क्रेज घट्दो क्रममा भए पनि सुनारपानीमा कुनै असर देखिएको छैन। काठमाडौ मन्थली लगाएत सहरहरू बाट बिद्यार्थी गाउँमा ल्याएको भैरबी माबीका प्र.अ. दिनेश कार्कीले बताए । बाल कक्षामा मात्र २१ जना छन हामी सदैव बिद्यार्थी प्रती उत्तरदायी बन्छौ । हामी हाम्रो बिधालय र काम प्रती जिम्मेवार छौँ शिक्षक निर्मला कार्कीले भन्छिन । कार्की अपाङ्ग शिक्षक पनि हुन उनले बिद्यार्थीलाई साथी बनाउछिन र अध्यापन गराउछिन। बिधालयमा अटिजम भएका बिद्यार्थी ४ जना छन त्यसलाई कसरी ब्यवस्थापन गर्नेमा प्र.अ चिन्तित छन। हामिले अटिजम भएका बिद्यार्थीलाई के गर्न सकिन्छ भनेर मन्थली नगरपालिका महाशाखा प्रमुख हेमन्त बुढाथोकीलाई सोधेका थियौं बुढाथोकी भन्छन् हामी बिद्यार्थीलाई चाडै ब्यवस्थापन गर्छौ र अटिजम भएका बालबालिकालाई ब्यवस्थापन कहाँ र कसरी गर्ने हामी लागेका छौ। बिधालयले नि जानकारी गराएका छन। कहाँ पढाइ हुन्छ कसरी पठाउने हामी छलफल गर्छौ अटिजम भएका बिद्यार्थीले पनि शिक्षा लिन पाउछन् हामी शिक्षा दिन्छौं महाशाखा प्रमुख बुढाथोकीले प्रतिबद्धता गरेका छन।
स्थानीय सरकारले जे सहयोग गर्न पनि तयार छ। शिक्षाको बिषयमा यो त्यो बहानामा बिधालय कम्जोर गर्ने छुट कसैलाई छैन। शिक्षकको बहाना बाजि चल्दैन काम हेर्छ वडा अध्यक्ष नवीन कार्किले भन्छन। कुनै शिक्षकलाई छुट छैन यदि गल्ती गरेको भेटिएमा वडा निर्मम हुन बाध्य हुनेछ अध्यक्ष कार्किले उल्लेख गरे। मन्थली नगरपालिकामा मन्थली माबी पछि कै धेरै बिधालय भएको बिधालय भैरबी माबी।