Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

विद्यार्थी अभावले गाउँ–गाउँ पस्यो रामेछाप बहुप्राविधिक शिक्षालय

दोभानचौर खबर by दोभानचौर खबर
September 8, 2025
in दाेभानचाैर आज, शिक्षा, समाचार
0
विद्यार्थी अभावले गाउँ–गाउँ पस्यो रामेछाप बहुप्राविधिक शिक्षालय
6
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप: प्राविधिक शिक्षा र रोजगारीका अवसरकै कारण पहिले धेरै आकर्षणको केन्द्र बनेका प्राविधिक विद्यालयहरू अहिले भने विद्यार्थी अभावको संकटमा परेका छन् । एक समय भर्नाका लागि राजनीतिक शक्तिसम्म सक्रिय हुने यस्ता विद्यालयमा अहिले विद्यार्थी भर्ना हुन उत्साहित देखिँदैनन् ।

विद्यार्थी संख्यामा निरन्तर गिरावट आएपछि रामेछाप बहुप्राविधिक शिक्षालयले भर्ना अभियान नै गाउँ–गाउँमा सुरु गरेको छ । आइतबार शिक्षालयको टोली गोकुलगंगा गाउँपालिका–६ फर्पु पुगेको थियो । त्यहाँ विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरूसँग अन्तरसंवाद गरी शिक्षालयमा पढाइ हुने विषय, रोजगारीका अवसर र उच्च शिक्षाको सम्भावनाबारे जानकारी गराइएको थियो ।

शिक्षालयमा हाल कृषि विज्ञान, पशु विज्ञान र फुड एण्ड डेरी विषयमा ३ वर्षे डिप्लोमा तहको पढाइ हुँदै आएको छ । ती विषय रोजगारीसँग प्रत्यक्ष जोडिएका भए पनि पछिल्ला वर्षमा विद्यार्थीको आकर्षण घट्दै गएको शिक्षालयले जनाएको छ।

शिक्षालयका प्रमुख मनोजकुमार शरणका अनुसार प्रत्येक विषयमा वार्षिक ४० जना विद्यार्थी भर्ना गर्ने कोटा छ । तर, भेटेरीनरी विषयमा अलिकति आकर्षण देखिए पनि कृषिमा थोरै विद्यार्थी मात्र भर्ना भएका छन् । एसईईको पूरक परीक्षा सकिएपछि केही विद्यार्थी थपिने आशा रहेको शिक्षालयका प्रमुख शरणले बताउछन्।

विद्यार्थी अभावले समस्या बढेपछि शिक्षालयले ओभरसियर र एचए (हेल्थ असिस्टेन्ट) विषय थप गर्न माग गरेको थियो। तर, सीटीईभीटीले यस शैक्षिक सत्रका लागि अनुमति नदिएको शिक्षालयले जनाएको छ।

शरणका अनुसार विद्यार्थी संख्यामा कमी आउनुको प्रमुख कारण भनेकै एसईई दिने विद्यार्थीको संख्या घट्नु र राम्रो नतिजा ल्याउने विद्यार्थीहरू शहर केन्द्रीत संस्थातर्फ आकर्षित हुनु हो । यद्यपि, मन्थली नगरपालिकाले कृषि र भेटेरीनरी विषय अध्ययनका लागि प्रत्येक वडाबाट २ जनालाई छात्रवृत्ति दिने व्यवस्था गरेको छ ।

शिक्षालयमा सञ्चालन रहेका विषयमा विद्यार्थीको चाप भएको भए हाल करिब ३६० जना विद्यार्थी हुनुपर्नेमा अहिले जम्मा करिब १०० जनामात्र अध्ययनरत छन् ।

सामुदायिक विद्यालयमा पनि स्थिति उस्तै

रामेछापका विभिन्न सामुदायिक विद्यालयहरूले पनि प्राविधिक धारको अनुमति लिएर अध्यापन सुरु गरेका छन् । तर, अधिकांशमा विद्यार्थी संख्या निराशाजनक छ । शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्रप्रसाद गजुरेलका अनुसार सुनापतिको डहु मावि, रामेछाप नगरपालिकाको हिमगंगा मावि साँघुटार, दोरम्बा शैलुङको कालिका मावि लखनपुर, खाँडादेवी गाउँपालिकाको विष्णु जनज्वति मावि र लिखु तामाकोशीको खिम्तीमा प्राविधिक धार सञ्चालनमा छ।

तर, बेथानको डहु मावि बाहेक अन्य विद्यालयमा कोटाको आधा विद्यार्थी पनि छैनन् । ५० कोटा रहेको प्राविधिक धारमा डहु माविले भने गत वर्ष सबै कोटा भरेको थियो ।

शिक्षालय तथा सामुदायिक विद्यालयहरूमा पूर्वाधार, शिक्षक र शैक्षिक सामग्रीको अभाव छैन । सरकारले प्राविधिक धार पढाउने विद्यालयलाई २ जना उपसचिवस्तरसहित ८ जना अतिरिक्त शिक्षक उपलब्ध गराएको छ । सामग्री व्यवस्थापनका लागि अनुदान समेत दिइएको छ ।

“पूर्वाधार, शिक्षक वा स्रोतको कमी छैन, समस्या त विद्यार्थीमै छ,” प्रमुख गजुरेलले भने ।

२०७४ सालमा स्थापना भएको रामेछाप बहुप्राविधिक शिक्षालयको शैक्षिक शैक्षिक सँगै भौतिक अबस्था पनि निकै अनुकरणिय रहेको छ । करिब १ सय रोपनी क्षेत्रफलमा फैलिएको उक्त शिक्षालय भित्र छात्राहरुका लागि छुट्टै छात्राबासको ब्यवस्था छ ।

Previous Post

काठमाडौंमा जेन–जी पुस्ताको सडक आन्दोलन, महानगरपालिकाको समर्थन

Next Post

जेनजी आन्दोलन चर्किदा रहेनन् सिंहदरबार र संसद भवन

RelatedPosts

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
मन्थली–१ को  वडा कार्यालय उद्घाटन
दाेभानचाैर आज

मन्थली–१ को वडा कार्यालय उद्घाटन

July 8, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
Next Post
जेनजी आन्दोलन चर्किदा रहेनन् सिंहदरबार र संसद भवन

जेनजी आन्दोलन चर्किदा रहेनन् सिंहदरबार र संसद भवन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार