Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रिएजेन्ट अभावमा वीरकै बिरामी मारमा

दोभानचौर खबर by दोभानचौर खबर
May 16, 2024
in समाचार, शिक्षा र स्वास्थ्य खबर, समाज, सुचना र प्रविधि
0
रिएजेन्ट अभावमा वीरकै बिरामी मारमा
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा रिएजेन्ट नभएपछि प्रयोगशाला परीक्षण सेवा ठप्प भएको छ। रिएजेन्ट अभावमा विभिन्न नमुना परीक्षण हुन नसकेपछि बिरामीले सकस झेल्नुपरेको छ।

यसबाट थायरोइड, भिटामिन डी, भिटामिन बी–१२, सिभिसी, क्यान्सरको जिन, पिटीआइएनआर, सिकेन्याक, सिएफएफ टिआईलगायत परीक्षण रोकिएको अस्पतालले जनाएको छ।

बिरामीले यस्तो सेवा एक महिनादेखि पाउन सकेको छैनन्। प्रयोगशाला परीक्षण बन्दा हुँदा अस्पतालमा आउने सबै बिरामीले दुःख पाएको स्वास्थ्य बिमा तथा सामाजिक सेवा एकाइ इन्चार्ज हरि भेटवालले बताए। उनका अनुसार लामो समयसम्म लाइनमा बसेका बिरामीले पालो आएपछि ‘यो या त्यो जाँच छैन’ भन्दा थप सास्ती पाएका छन्। ‘घण्टौं लाइनमा बसेका बिरामी वीर अस्पतालमा आवश्यक सेवा पाउन नसकेपछि निजी क्लिनिकमा जान्छन्,’ उनले भने।

अस्पतालको खरिद एकाइ प्रमुख र उपचसचिव सरुवा भएपछि समस्या आएको खरिद एकाइका कर्मचारी अग्नि वस्यालले बताए। ‘पुराना कर्मचारी सरुवा भए, नयाँ आइसकेका छैनन्,’ उनले भने। अस्पतालका एक कर्मचारीका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि वीर अस्पताललाई विनियोजन गरेको बजेट कमी भएको र आपूर्तिकर्तालाई समयमै बिल चुक्ता गर्न नसक्दा समस्या आएको हो।  वीर अस्पताल मुलुककै पुरानो सरकारी अस्पताल हो। यहाँ दैनिक तीन हजारजति बिरामी स्वास्थ्य परीक्षण र उपचारमा पुग्छन्।

लामो समयदेखि रिएजेन्ट अभाव भएपछि मंगलबार वीर अस्पताल प्रशासन र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको संयुक्त बैठक बसेको थियो। बैठकले छिट्टै खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको वीर अस्पताल प्रयोगशाला प्रमुख डा. निषा गौचनले बताइन्।

चालु आर्थिक वर्षमा बजेट कमीका कारण अस्पतालले रिएजेन्टसहित विभिन्न सामग्री खरिदमा अप्ठेरो झेल्नुपरेको निर्देशक डा. सन्तोष पौडेलले बताए। उनका अनुसार महँगोमा किन्नुपर्ने रिजेन्टहरू बजेट अभावका कारण समयमै टेन्डर प्रक्रियामा जान नसक्दा समस्या उत्पन्न भएको हो।

क्यान्सर लगायत परीक्षणमा चाहिने रिएजेन्ट धेरै महँगा छन्। उनले रिएजेन्ट अभावमा प्रयोगशाला परीक्षण सेवा दिन नसक्दा बिरामी प्रभावित भएको बताए ।

Previous Post

आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम कार्यकर्तामुखी भएको नेपाली कांग्रेसको आरोप

Next Post

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

RelatedPosts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

May 1, 2026
खाना पकाउने ग्यासको मूल्य बढ्यो
समाचार

खाना पकाउने ग्यासको मूल्य बढ्यो

May 1, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु
समाचार

१५ दिनमा विपद्का ६१६ घटना, ३४ जनाको मृत्यु

April 29, 2026
लामो दूरीको सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडा बृद्धि
समाचार

अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा फेरि ५ प्रतिशतले बढ्यो

April 29, 2026
Next Post
क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार