हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ । आइतबार पूर्णखोप सुनिश्चित भविष्य”स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्दै घोषणा गरेका हुन् ।
उपमहानगरले ७ हजार एक सय ८५ जना बालबालिकालाई पूर्ण खोप घोषणा गर्न सकेका छन् । जसमा आगामी दिनमा २ हजार ९ सय ५१ पूर्ण खोपका लागि पहल गरिने उपमहानगरले जनाएको छ । घर दुरी सर्वेक्षणको क्रममा हेटौंडामा एउटा पनि खोप नलगाएको दुई बालबालिका फेला परेका छन् । गत वर्ष २०८० साल चैतबाट १९ वटै वडामा सर्वेक्षण सुरु गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाको सभाध्यतामा कार्यक्रम भएको हो । मेयर मीना लामाले उक्त अभियानलाई दिगोपना दिने समेत प्रतिबद्दता जनाइन् ।







