मन्थली नगरपालिका ४ स्थित सालुकी वडा सदस्य पदम माया नेपाली बोलेर दुर्घटना परि मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिने भएको छ।
मन्थली वडा नं १ बाट ४ सालु तर्फ जादै गरेको बोलेरो भदौरे डाँडामा दुर्घटना भएको थियो। बोलेरो दुर्घटनामा मन्थली ४ सालुकी वडा सदस्य तथा नगरपालिकाकी नगर सभा सदस्य नेपालीको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं महाशाखा प्रमुख हेमन्त बुढाथोकीले सोमबार शोक बिदा दिएको जानकारी दिए ।
दुर्घटना प्रती सिङ्गो नगरपालिका दुखी रहेको मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले हस्ताक्षर गरेर भोलि सोमबार मन्थली नगरपालिका सबै कार्यलय बिदा दिने शोक पत्र सार्वजनिक गरेका छन।







