Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शिक्षण केवल पेशा हैन, सेवा पनि हो: रश्मी तामाङ

दोभानचौर खबर by दोभानचौर खबर
September 20, 2025
in शिक्षा
0
शिक्षण केवल पेशा हैन, सेवा पनि हो: रश्मी तामाङ
21
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

शिक्षक रश्मी तामाङकाे जीवनदृष्टि र शैक्षिक योगदान

शिक्षक रश्मी तामाङ

बिचार मंच बाट साभार

मेरो नाम रश्मी तामाङ । मैले आफ्नो शिक्षण यात्रा वि.सं. २०६२ मा लोटस पब्लिक स्कूल, गौशालाबाट सहयोगी शिक्षकको रूपमा सुरु गरेँ। विद्यार्थी जीवनमै शिक्षण पेशाप्रतिको रुचि विकसित भएको थियो। एउटा दिन हाम्रा विज्ञान शिक्षक बिरामी भएका थिए र उहाँले मलाई अघिल्लो दिन पढाइएको पाठ साथीहरूलाई दोहोर्याएर बुझाइदिन अनुरोध गर्नुभयो। जब मैले पढाउँदा साथीहरूले “सरले भन्दा तिमीले पढाउँदा बुझियो” भन्ने प्रतिक्रिया दिए, त्यो आत्मविश्वास र उत्साहले मलाई शिक्षण क्षेत्रतर्फ अग्रसर गरायो।

त्यसपछिका दिनहरूमा म निजी स्रोत र राहत शिक्षक हुँदै सामुदायिक विद्यालयमा स्थायी शिक्षकको रूपमा सेवा गरेँ। हाल वि.सं. २०८० पुस १ गतेदेखि काठमाडौँ महानगरपालिका अन्तर्गत स्रोत शिक्षक (गणित) को रूपमा कार्यरत छु। सरकारी विद्यालयमा शिक्षण गर्दा धेरै चुनौतीहरू छन्। दण्ड र पुरस्कारको स्पष्ट व्यवस्था नहुनु, नयाँ शिक्षा ऐनको अभावले पुराना कानुनको कार्यान्वयनमा कठिनाइ आउनु, र शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति र अभिभावकबीच सहकार्यको स्पष्ट मापदण्ड नहुनु प्रमुख समस्याहरू हुन्।

मलाई एउटा स्मरणीय क्षण याद छ जब पिटिए (अभिभावक–शिक्षक संघ) अध्यक्षले मलाई सोध्नुभयो, “गणित शिक्षक भएर पनि गीत गाउने हो? त्यो पनि बजाएर?” म गणितका जटिल सूत्रहरू गीतको माध्यमबाट सजिलो रूपमा प्रस्तुत गर्दैथिएँ र त्यो प्रश्नले मेरो शिक्षण पद्धतिप्रतिको चासो र सराहनालाई झल्काउँथ्यो।

शिक्षा समाजको सबै तहमा परिवर्तन ल्याउने मुख्य माध्यम हो। ग्रामीण क्षेत्रमा त चेतनाको विकास, आत्मनिर्भरता, सशक्तिकरण र समुदायको दीगो विकास शिक्षाबाट नै सम्भव छ। मैले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित (स्टिम) को एकीकृत पद्धति प्रयोग गर्दै आइरहेकी छु। यसले विद्यार्थीलाई विभिन्न विषयबीचको सम्बन्ध बुझ्न, व्यवहारमा प्रयोग गर्न, र सृजनात्मक सोच विकास गर्न सहयोग गर्दछ।

आजका विद्यार्थीहरूमा धेरै परिवर्तन देखिन्छ। उनीहरू गरेर सिक्न चाहन्छन्, प्रविधिमा अभिरुचि राख्छन्, र आफ्ना विचार खुलस्त रूपमा व्यक्त गर्छन्। यो सकारात्मक परिवर्तन हो। विद्यार्थीको सिकाइमा अभिभावकको चासो र सक्रियता अत्यन्त महत्वपूर्ण हुन्छ। सचेत अभिभावक भएका विद्यार्थीको सिकाइ उपलब्धि उच्च हुन्छ र सकारात्मक समुदायले विद्यालय वातावरणमा सुधार ल्याउँछ।

महिला शिक्षकहरू शैक्षिक र प्रशासनिक दुवै क्षेत्रमा प्रभावशाली भूमिका निर्वाह गर्छन्। महिलाहरू नेतृत्वमा सक्षम छन् र विद्यार्थीसँग आत्मीयता, संवेदनशीलता र सहज पहुँच सृजना गर्नमा अग्रणी छन्। मेरो अनुभवमा, पहिले म “शिक्षक” को रूपमा मात्र प्रस्तुत हुन्थें तर अहिले सहजकर्ता को रूपमा प्रस्तुत हुँदा विद्यार्थीहरूमा खुलापन देखिन्छ। उनीहरू निडरतापूर्वक प्रश्न गर्छन् र नेतृत्वको अभ्यास गर्छन्। डर नहुनु नै नेतृत्व विकासको पहिलो पाइला हो।

मैले लैङ्गिक असमानता पनि अनुभव गरेकी छु। शिक्षक सेवा आयोगमा सफल भई स्थायी नियुक्तिको क्रममा एकजनाले मलाई फोन गरी निश्चित विद्यालय नचुन भन्दै “तपाईं महिला, त्यो पनि जनजाति, त्यो विद्यालयको वातावरण तपाईंका लागि उपयुक्त छैन” भन्नुभयो। यो पहिलो पटक थियो जब मैले खुलेर रूपमा लैङ्गिक र जातीय विभेदको सामना गरें। यस्ता अनुभवहरूले मलाई अझ दृढ बनायो।

ग्रामीण विद्यालयमा पनि प्रविधिको प्रयोग सम्भव, प्रभावकारी र आवश्यक छ। उचित तालिम, उपकरण र व्यवस्थापन उपलब्ध भए प्रविधि ग्रामीण शिक्षामा विप्लव ल्याउन सक्छ। म आदिवासी जनजाति अपाङ्ग महिला संघमा महासचिवको रूपमा सामाजिक क्षेत्रमा सक्रिय छु। कोभिड १९ को समयमा राहत वितरण र जनचेतनामूलक अनलाइन कार्यक्रम सञ्चालन गरेँ। म शिक्षक संघ बागमती प्रदेशको उपमहासचिव पनि हुँ र अहिले विभिन्न विद्यालयबीच समन्वय र सहकार्यमा केन्द्रित छु।

नयाँ शिक्षकहरूलाई मेरो सल्लाह छ कि शिक्षण पेशा सिर्फ पेसा होइन, सेवा पनि हो। पेसामा सम्मान पाइन्छ भने सेवामा आत्मसम्मान र सन्तुष्टि मिल्छ। मेरो जीवन, संघर्ष र अनुभवले म जस्तै पृष्ठभूमिका धेरैलाई प्रेरणा दिएको छ। केही अज्ञात व्यक्तिहरूले “तपाईंबाट प्रेरणा पायौं” भनेको सुन्दा गर्व लाग्छ। मैले धेरैलाई आग्रह गर्न प्रेरित गरेकी छु र उनीहरूको सफलताले मलाई आत्मसन्तोष दिएको छ।

यद्यपि म ठूला सफलताको दाबी गर्दिन, तर केही विद्यार्थीहरू शिक्षककै रूपमा आफ्नो विषयमा राम्रो नतिजा ल्याउँदै रोल मोडल बनेका छन्। हिजो “तपाईंको डरले पढ्थ्यौं” भन्ने विद्यार्थीहरू आज ज्ञानका माध्यम बनेका छन्, जुन मेरो लागि ठूलो सन्तोषको विषय हो।

पहिले स्वर्गीय दिदी लोम लामा र परमेश्वर मेरा प्रेरणाका स्रोत थिए। अहिले म आफैँ प्रेरणाको स्रोत बनेकी छु। कहिलेकाहीँ जीवनमा थकान वा निराशा आउँछ, तर त्यसबेला म भित्रको सकारात्मक आत्मालाई उजागर गर्न प्रयास गर्छु र फेरि ऊर्जाशील बनिन्छु।

शिक्षा क्षेत्रमा सबैभन्दा ठूलो सुधार मानसिकतामा आवश्यक छ। विद्यार्थीको पढ्ने मानसिकता, शिक्षकको पढाउने लगाव, विद्यालय व्यवस्थापन समितिको दृष्टिकोण, र अभिभावक तथा सरकारको शिक्षाप्रतिको सोचमा परिवर्तन भए मात्र शिक्षाको रूपान्तरण सम्भव छ।

आदर्श शिक्षक बन्नका लागि विश्वास र लगनशीलता सबैभन्दा आवश्यक गुण हुन्। आफूले आफैँलाई विश्वास गर्नु पर्छ, तब मात्र अरूले तपाईँलाई विश्वास गर्नेछन्। कर्म अनुसारको फल प्राप्त हुने हो। हिजो भन्दा आज समाजमा शिक्षकको परिभाषा फरक बन्नु हामी सबैको कर्मको फल हो। आज भन्दा राम्रो परिभाषा निर्माणका लागि सबै जनाले आफ्नो आफ्नो क्षेत्रबाट दत्तचित्त भएर लाग्नु पर्छ।

Previous Post

काठमाडौंमा बालिका बलात्कार आरोपमा रामेछापका २१ वर्षीय तामाङ पक्राउ

Next Post

मन्थली अस्पतालमा पिसाब तथा रगत कल्चर सेवा शुभारम्भ

RelatedPosts

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द
शिक्षा

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

May 17, 2026
एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि
शिक्षा

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

May 12, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य
शिक्षा

त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य

January 22, 2026
३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री
शिक्षा

३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री

January 8, 2026
मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 
दाेभानचाैर आज

मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 

December 20, 2025
Next Post
मन्थली अस्पतालमा पिसाब तथा रगत कल्चर सेवा शुभारम्भ

मन्थली अस्पतालमा पिसाब तथा रगत कल्चर सेवा शुभारम्भ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार