काठमाडौं: नवनियुक्त मन्त्रीहरूले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा. मदन परियार नियुक्त भएका हुन्।
प्रधानमन्त्री कार्कीले पाँच जनाको नाम सिफारिस गरेकी थिइन्। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस भएकी डा. सङ्गीता कौशल मिश्रालाई भने अन्ततः नियुक्ति दिइएन। अतिरिक्त सचिव पदबाट राजीनामा दिएर मन्त्री बन्न तयारी गरेकी डा. मिश्राविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको थाहा पाएपछि कार्कीले नियुक्ति प्रक्रिया रोक्ने निर्णय गरेको बताइएको छ।







