काठमाडौं । टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएपछि सुन्दरीजलमा तनाव भएको छ । गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएपछि तनावको स्थिति सिर्जना भएको हो ।
स्थानीय वल्र्ड युथ इन्टरनेशनल स्कुलमा अध्ययरत सृष्टी र श्रेया घिसिङको टिपरको ठक्करबाट मृत्यु भएहो हो । हाल आक्रोशित स्थानीयले टिप्परमा तोडफोड गरेका छन् भने सडक पनि अबरुद्ध गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन बाक्लो प्रहरी परिचालन गरिनुका साथै केही राउण्ड अश्रूग्याँससमेत प्रहार गरिएको छ ।
उनिहरुको बिहान ८ बजे बुबाले मोटरसाइकलमा राखेर स्कुल लैजाँदै गर्दा बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको थियो । घटनामा उनीहरुका बुबा रोहन घिसिङ पनि गम्भीर घाइते छन् र घिसिङले चालकले टिपर ब्याक गरेर दुवै छोरीलाई किचेको समेत आरोप लगाएका छन् ।
हाल घाइते घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।