Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

उपमहानगरको पहिलो बालमैत्री विद्यालय बन्ने होडबाजीमा विद्यालयहरु

दोभानचौर खबर by दोभानचौर खबर
March 4, 2024
in समाज, शिक्षा, समाचार
0
उपमहानगरको पहिलो बालमैत्री विद्यालय बन्ने होडबाजीमा विद्यालयहरु
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

जमुना थिङ
हेटौंडा/ भोलि मंगलबार एकैसाथ बागमती प्रदेशको राजधानी हेटौंडाका तीन विद्यालय बालमैत्री घोषणा हुँदै छ । हेटौंडा-८, स्थित चन्द्रोदय माध्यमिक विद्यालय, हेटौंडा-२,स्थित बालजागृति इङलिस सेेकेण्डरी स्कुल र हेटौंडा-१६,स्थित जनप्रिय माध्यमिक विद्यालयलाई बालमैत्री घोषणा गर्न लागेका हुन् । तर बालमैत्री विद्यालय घोषणामा विद्यालयहरुले होडबाजी गरेको पाइएको छ । गत शुक्रबार बालजागृति इङलिस सेेकेण्डरी स्कुलले पत्रकार सम्मेलन मार्फत बालमैत्री विद्यालय घोषणा गर्न लागिएको जानकारी दिएको थियो । त्यसपश्चात आइतबार चन्द्रोदय माध्यमिक विद्यालय र जनप्रिय मध्यमिक विद्यालयले पनि पत्रकार सम्मेलनमार्फत् सोही दिन मंगलबार विद्यालयलाई बालमैत्री घोषणा गर्न लागेको जनाएको छ । उपमहानगरले सुचकभित्र रहेर काम गर भन्दै पत्राचार गरिएको एक वर्ष दुई महिनापछि विद्यालयहरुले बालमैत्री विद्यालय घोषणा गर्न लागेका हुन् ।

बालजागृति इङलिस सेेकेण्डरी स्कुलले पत्रकार सम्मेलन गरिरहँदासम्म उक्त दिन सामुदायिक विद्यालयतर्फ चन्द्रोदय माध्यमिक विद्यालय मात्र बालमैत्री घोषणा गर्न लागिएको जानकारी थियो । तर एकैदिन दुई विद्यालयले पत्रकार सम्मेलन गर्दै आधिकारिक रुपमा बालमैत्री घोषणा गर्न लागिएको जनाए । बालजागृति इङलिस सेेकेण्डरी स्कुलका प्रधानाध्यापक विनोद सुवेदीले ५ महिनाअघि नै हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाबाट बालमैत्री घोषणाका लागि सुचक प्रमाणिकरण भएकाे पत्र प्राप्त भएको बताए । जसले गर्दा उपमहानगरको पहिलो बालमैत्री विद्यालयको रुपमा घोषणा हुन लागिएको दावी गरिएको छ । शिक्षा विकास महाशाखाले सामुदायिक विद्यालयसँगै बालमैत्री विद्यालय घोषणा गर्न आग्रह गरेकाले २२ गते बालमैत्री विद्यालय घोषणा गर्न लागिएको बताए ।

यसैगरी हेटौंडा-८, नम्बर वडाका बालमैत्री सहजकर्ता रोजिता दंगालले हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाबाट सुचक प्रमाणिकरण भएकाे पहिलो पत्र चन्द्रोदय माविले प्राप्त गरिएको दावी गर्दै आइरहेको छ । २०८० साल फागुन २ गते उक्त विद्यालयले अन्य विद्यालयभन्दा अगाडि नै सुचक प्रमाणिकरण पत्र प्राप्त गरिएको उनको भनाइ छ । जसले गर्दा सामुदायिकतर्फ मात्र होइन हेटौंडा उपमहानगरकै पहिलो बालमैत्री विद्यालय घोषणा हुँदै छ भन्ने तर्क राखिन् । चन्दोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक जिधराज ढकालले हामीले अघिपछि पनि विद्यालयलाई बालमैत्री घोषणा गर्न सक्थ्यो । तर विद्यालयको स्थापना दिवस पारेर उक्त दिन विद्यालयलाई बालमैत्री घोषणा गर्न लागिएको जानकारी दिए ।

यस्तै जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चाैलागाईँले बालमैत्री घोषणाका लागि विद्यालय योग्य रहेको भन्ने कुरा भदौ महिनामै अनुगमनक्रममा पाइएको जानकारी दिए । बालमैत्री विद्यालय घोषणाका लागि हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाबाट प्रमाणीकरण पत्र लिनुपर्छ भन्ने जानकारी थिएन । त्यसले गर्दा फागुन १७ गते मात्र शिक्षा महाशाखाबाट प्रमाणीकरण पत्र बुझिएको जानकारी दिए । बालमैत्री विद्यालय घोषणामा होडबाजी किन भन्ने प्रश्नमा उनले एकैदिन तीन वटा विद्यालय बालमैत्री विद्यालय घोषणा हुँदै छ । होडबाजीका रुपमा होइन कि पहिलो चरणको रुपमा बालमैत्री विद्यालय घोषणा हुँदै छ भन्ने कुरा बुझ्नुुुपर्ने बताए । पहिलो चरणको रुपमा तीन विद्यालय हुँदै दोस्रो, तेस्रो चरण हुँदै विद्यालयहरु बालमैत्री घोषणा गर्दै लैजानुपर्ने उनको तर्क छ ।

हेटौंडा उपमहानगरले गत वर्ष २०७९ साल पुस २१ गते उपमहानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई पत्राचार गर्दै २६ वटा सुचकभित्र रहेर काम गर्न विद्यालयलाई निर्देशन दिएको थियो । सोही बमोजिम विद्यालयहरुले बाल समुह गठन गरियो । त्यसपश्चात बालमैत्री विद्यालय घोषणाको तयारीमा विद्यालय लागेको जनाएको छ । उक्त सुचकभित्र हेटौंडा उपमहानगरको बालमैत्री स्थानीय शासन अभियानलाई सहयोग पुग्ने गरी बालमैत्री विद्यालय बनाउनुपर्छ भन्ने अभिप्रायले अगाडि बढेको बताएको छ । २६ वटा सुचकहरु पूरा भएको भन्दै उक्त दिन बालमैत्री विद्यालय घोषणा गर्न लागिएको जनाएको छ ।

Previous Post

रास्वपा सचिवालय बैठक : निर्णय लिने जिम्मा रवि लामिछानेलाई

Next Post

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

RelatedPosts

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त
समाचार

डा. मनोजकुमार शर्मा नेपालको ३३ औँ प्रधान न्यायाधीशमा नियुक्त

May 20, 2026
सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा
समाचार

सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा

May 19, 2026
Next Post
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार