Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सरकारद्वारा ‘साउन महिना डेङ्गी सचेतना’ घोषणा, हरेक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन हुने

दोभानचौर खबर by दोभानचौर खबर
July 16, 2025
in शिक्षा र स्वास्थ्य खबर, समाचार
0
सरकारद्वारा ‘साउन महिना डेङ्गी सचेतना’ घोषणा, हरेक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल काठमाडौँमा बुधबार मन्त्रालयले आयोजना गरेको श्रवण महिना‘ डेंगी सचेतना महिना राष्ट्रिय अभियान घोषणा कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस

9
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ३२ असार 
सरकारले साउन महिनालाई ‘डेङ्गी सचेतना महिना’का रूपमा घोषणा गरेको छ। आज आयोजित एक कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेङ्गी संक्रमणको जोखिम बढ्ने साउन महिनालाई लक्षित गर्दै यो अभियानको घोषणा गर्नुभयो।

मन्त्री पौडेलले साउनदेखि कात्तिक महिनासम्म डेङ्गीको संक्रमण तीव्र हुने भएकाले साउनको सुरुबाटै सचेतना फैलाउने उद्देश्यले यो निर्णय गरिएको जानकारी दिनुभयो। उहाँले साउन महिनादेखि हरेक शुक्रबार बिहान १० बजे ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिने जनाउनुभयो।

“डेङ्गी नियन्त्रण सरकारको एकल प्रयासले सम्भव हुँदैन,” मन्त्री पौडेलले भन्नुभयो, “नीजि क्षेत्र, समुदाय र स्थानीय तहको सहभागिता अपरिहार्य छ।”

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले घर वरपर पानी जम्न नदिने र लामखुट्टे नष्ट गर्ने उपायहरू अपनाउन सबैमा आग्रह गर्नुभयो। उहाँका अनुसार गत वर्षको अभियानले संक्रमण दर घटाएको थियो, र यस वर्ष पनि त्यसलाई निरन्तरता दिइनुपर्ने आवश्यकता रहेको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक टङ्कप्रसाद बाराकोटीले डेङ्गी एडिज जातको लामखुट्टेको टोकाइबाट फैलिने भएकाले ती लामखुट्टे खोजेर नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी उपाय भएको बताउनुभयो।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) नेपालका प्रमुख डा. राजेश पाण्डवले डेङ्गी नियन्त्रणका लागि बहुक्षेत्रीय समन्वय आवश्यक रहेको बताए। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले जोखिम क्षेत्र पहिचान गरेर स्थानीय तहलाई अभियान सञ्चालन गर्न निर्देशन दिइसकिएको जानकारी दिनुभयो।

महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार गत पुस १७ देखि असार ३१ सम्म ७३ जिल्लामा एक हजार ९८३ जनामा डेङ्गी संक्रमण देखिएको छ।

डा. दाहालले “एडिज एजिप्टी” र “एडिस एल्बोपिक्टस” प्रजातिका लामखुट्टे सफा पानीमा फूल पार्ने र ती फूलबाट निस्केको लार्भाले वयस्क भएपछि मानिसलाई टोकेमा डेङ्गी फैलिने जानकारी दिनुभयो।

Previous Post

घूस आरोपपछि मन्त्री गुप्ताको राजीनामा

Next Post

विपद् व्यवस्थापनमा तीन तहबीच सहकार्य आवश्यक : गृहमन्त्री लेखक

RelatedPosts

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
Next Post
विपद् व्यवस्थापनमा तीन तहबीच सहकार्य आवश्यक : गृहमन्त्री लेखक

विपद् व्यवस्थापनमा तीन तहबीच सहकार्य आवश्यक : गृहमन्त्री लेखक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार